December 25th, 2018

पे टि.भि इण्डष्ट्रिमा सबैभन्दा बढी कर बुझाउनेमा ‘डिस मिडिया नेटवर्क’

बैंकिङ खबर । डिसहोम मिडिया नेटवर्कले संचालनमा आएको नौ वर्षमा चार अर्ब १० करोड ९१ लाख दुई हजार दुई सय १३ रुपैयाँ कर बुझाएको छ । डिसहोमले आर्थिक वर्ष २०७४।७५सम्ममा विभिन्न शिर्षकमा उक्त कर नेपाल सरकारलाई बुझाएको हो । जसमध्ये, भन्सारतर्फ ८७ करोड २० लाख ११ हजार ७८ रुपैयाँ, ग्राहकहरुबाट संकलित मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ५२ लाख २२ हजार दुई सय ९५ रुपैयाँ, रोयल्टीतर्फ १९ करोड ३५ लाख ४६ हजार चार सय ५४ रुपैयाँ, लाइसेन्स र नविकरणतर्फ चार करोड ६८ लाख तीन हजार तीन सय ३४ रुपैयाँ, आयकरतर्फ ४५ करोड ३० लाख १७ हजार चार सउय रुपैयाँ र ग्राहकहरुबाट संकलित टिडिएसतर्फ ५३ करोड ८५ लाख एक हजार छ सय ५१ रुपैयाँ बुझाइसकेको डिसहोमले जनाएको छ । यसआधारमा डिसहोम पे टि.भि इण्डष्ट्रिमा सबैभन्दा बढी कर बुझाउने संस्थाको रुपमा रहेको छ । 
  
हाल टिभि हेरिने घरहरुमध्ये २५ प्रतिशत (अनुमानित) बजार हिस्सा डिश मिडिया नेटवर्कको रहेको छ । हाल सम्म डिशहोमले १५ लाख सेट–टप बक्स बिक्रि गरिसकेको छ । प्रिपेड भुक्तानी प्रक्रियामा डिसहोमको सेवा हुने भएकोले यो सक्रिय ग्राहक संख्या घटबढ भइरहन्छ । डिश मिडिया नेटवर्क लिमिटेडमा प्रत्यक्ष र अप्रत्यक्ष गरि कुल चार सय ५० कर्मचारीहरु रहेका छन् भने आठ हजार दक्ष प्राविधिकहरु पनि यस संस्थामा आवद्ध छन् । यसरी यस संस्थाले प्रदान गरेको रोजगारबाट डिशहोममा आश्रित परिवार संख्या अनुमानित १७ हजार पाँच सय जति रहेका छन् ।

डिसहोमको स्थापना
नेपालको एक मात्र स्याटेलाईट प्रविधिमा आधारित डि.टि.एच., डिशहोम आज नेपाली जनमानसमा एक लोकप्रिय पहिचानको रुपमा स्थापित भईसकेको छ । ई.सं. २००९ मा नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयबाट संचालन अनुमति प्राप्त गरि ई.सं. २०१० देखी ब्यापारिक रुपमा विक्री वितरण सुरु गरेको यस डिशहोमले नेपालको डिजिटल पे टि.भि. इन्डस्ट्रीमा अग्रणी स्थान ओगटी सकेको छ । शहर बजारदेखि ग्रामिण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एचडी तथा एसडी च्यानल प्याकेजहरु प्रदान गरिरहेको डिशहोम, नेपालको भौगोलिक बनावटमा उपयुक्त प्रविधि हो र यसको प्रयोग बाट टि.भि. सिग्नल नेपालको जुनसुकै स्थानमा पनि प्राप्त गर्न सकिन्छ । 

महत्वपूर्ण छ सफ्टवेयरहरु
डिशहोमले व्यवसायिकता, पारदर्शिता तथा ग्राहक सेवाका लागि विश्वस्तरीय प्रविधिहरुको प्रयोग गरिरहेको छ । यस मध्ये डिशहोमले हाल प्रयोग गरिरहेका ६ वटा सफ्टवेयर महत्वपुर्ण छन् । ग्राहकहरुको सही विवरण तथा ग्राहकहरुको प्रत्येक वित्तिय कारोवारको अभिलेखका लागि डिशहोमले HANSEN ICC SUBSCRIBER MANAGEMENT SYSTEM(SMS) को प्रयोग गरिरहेको छ । त्यसैगरी ग्राहकहरुको सुविधाका लागि डिशहोम बिक्रेताहरुले प्रयोग गर्ने डिसहोम केयरद्वारा बिक्रेताहरुलेनै सहजै सेट टप बक्स एक्टिभेसन, प्याकेज परिवर्तन, रिचार्ज, पीपीभी सेवा, क्रेडिट सेवा जस्ता सेवाहरु उपलब्ध गराईरहेका छन् भने ग्राहकहरु आफैँले पनि सहजै प्याकेज परिवर्तन, रिचार्ज, पीपीभी सेवा, क्रेडिट सेवा जस्ता सेवाहरु लिनको लागि डिशहोमको मोबाइल एप पनि उपलब्ध छ । ग्राहकहरुलाई कुनै पनि समस्या आउँदा ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गर्दाको हरेक अन्तरक्रियाहरुको विवरण राख्नका लागि डिशहोमले CONTACT CENTER SOLUTION को प्रयोग गरिरहेको छ । प्रत्येक ग्राहकहरुको रोजाई अनुसारको प्याकेज उपलब्ध गराउने, सेट–टप बक्समा ब्यालेन्स भए नभएको अनुसार सेवा दिने वा बन्द गर्ने व्यवस्थाको लागि डिशहोमले उच्च सुरक्षा प्रणालीको CONDITIONAL ACCESS SYSTEM (CAS) प्रयोग गरिरहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]