December 18th, 2018

नेपाल टेलिकमले ५५.५५ प्रतिशत लाभांश दिने

बैंकिङ खबर । नेपाल टेलिकमले ५५.५५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । टेलिकमको सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त अनुपातमा नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो । 

कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल सरकार र सधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने छन्। 

कम्पनीले विगत सात वर्षदेखि प्रति शेयर ४५ रुपैयाँ भन्दाबढी लाभांश दिँदै आएको छ। गत आर्थिक वर्ष कम्पनीले प्रति शेयर ५५ रुपैयाँ लाभांश दिएको थियो। 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]