नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्नका लागि २२ अर्ब ८२ करोडको ट्रेजरी विल बोलकबोलमार्फत विक्री गर्ने भएको छ । सरकारको नाममा केन्द्रीय बैंकले जारी गरेको ट्रेजरी विल ९१ दिनेका लागि हो । ९१ दिनेका लागि २२ अर्ब ८२ करोडको आउँदो सोमबार बोलकाबोलमार्फत विक्री गर्ने राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थामा रकम बढी भएपछि केन्द्रीय बैंकले ट्रेजरी बिलमार्फत त्यो रकम आफुले लिने गरेको छ । यसरी वित्तीय संस्थाले केन्द्रीय बैंकलाई तरलता बिक्रि गर्दा केही मात्रामा नगद सुविधा पाउने गरेका छन् ।




