May 27th, 2016

संसारकै सबैभन्दा शक्तिशाली कम्पनिहरु : कुन मुलुकका कति (विवरणसहित)

आजको विश्वमा हरेक क्षेत्रमा कडा प्रतिष्पर्धा छ । मुलुक मुलुक बिचमा प्रतिष्पर्धा छ, राज्य राज्यबिचमा प्रतिष्पर्धा छ, समाज समाजबिचमा प्रतिष्पर्धा छ , व्यक्ति व्यक्ति बिचमा पनि प्रतिष्पर्धा छ । हरेक व्यक्ति प्रगति र सफलताको खोजीमा छ । यसै प्रवृत्तिका कारण विश्व विकसित भइरहेको छ । यसैबिच फोब्स पत्रिकाले विश्वका २ हजार ठूला र शक्तिशाली कम्पनिहरुको सूची सार्वजनिक गरेको छ । 
 
अमेरिका र चिनको बर्चस्व
सूचीको शीर्ष १० मा अमेरिकी र चिनियाँ कम्पनीको वर्चस्व छ । विश्वका ठूला र बढी शक्तिशाली कम्पनीको सूचीमा सबैभन्दा बढी कम्पनि अमेरिकाका परेका छन् । अमेरिकाका ५ सय ८६ कम्पनी उक्त सूचीमा अटाएका छन् । जापानको एक मात्र कम्पनी टोयोटा दसौं स्थानमा छ । टोयोटाले शीर्ष १० को सूचीमा यी दुई मुलुकलाई ‘क्लिन स्विप’ गर्नबाट रोकेका छन् । सूचीमा चीनका २ सय ४९ कम्पनी परेका छन् । जापानबाट २ सय १९, बेलायतबाट ९२ र दक्षिण कोरियाका ६७ कम्पनी सूचीमा अटाएका छन् । 

appleअमेरिकाका ठूला सार्वजनिक कम्पनीहरूमा वारेन बफेटको बर्कसायर हाथवे पनि समावेश छ । यो कम्पनीले अघिल्लो वर्षको दाँजोमा १ स्थान सुधार गरेर समग्रमा चौथो स्थानमा परेको हो । प्रविधि फर्म एप्पल आठौं स्थानमा छ । यसैगरी बैंक अफ अमेरिका ११ औं, वाल मार्ट १५ औं, माइक्रोसफ्ट २३ औं, आईबीएम ४१ औं र गोल्डम्यान सच ७७ औं स्थानमा परेका छन् । अमेरिकी कम्पनीको संयुक्त आम्दानी १ सय १६ खर्ब छ । यो गत वर्षको दाँजोमा ३ प्रतिशत कम हो । यी कम्पनीले ८ सय ९१ अर्ब डलर नाफा कमाएका छन् । यो पनि १३ प्रतिशत कम हो । फेसबुक अघिल्लो वर्षको दाँजोमा ९२ स्थान उक्लिएर समग्र सूचीमा १ सय ८८ औं स्थानमा कायम भएको छ । यसैगरी अमेजन २ सय २२ स्थान उक्लेर २ सय ३६ औं स्थानमा कायम भएको छ ।

चिनियाँ बैंकहरू शीर्ष ३ को सूचीमा परेका छन् । इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना, चाइना कन्स्ट्रक्सन बैंक र एग्रिकल्चर बैंक अफ चाइना सूचीको शीर्ष ३ स्थानमा परेका छन् ।

भारतका कति ?
भारतका कम्पनीको संख्या भने गत वर्षकै समान छ । सो सूचीमा भारतका ५६ वटा कम्पनि परेका छन् । भारतका तर्फबाट रिलायन्स पहिलो नम्बरमा छ । रिलायन्सले गत वर्षको १ सय ४२ औं स्थानबाट सुधार गरेर यो वर्ष १ सय २१ औं स्थानमा कायम भएको छ । रिलायन्सको बजार मूल्य ५०.६ अर्ब डलर सम्पत्तिको मूल्य ९१.५ अर्ब डलर छ । भारतको तर्फबाट दोस्रो र विश्वव्यापी रूपमा १४९ औं स्थानमा स्टेट बैंक अफ इन्डिया परेको छ । यसको बजार मूल्य २३.३ अर्ब डलर छ ।

विश्वका ६३ मुलुकका ठूला सार्वजनिक कम्पनीको एकमुस्ट आम्दानी ३ सय ५० खर्ब डलर छ । यी कम्पनीले नाफा मात्रै २४ खर्ब डलर कमाएका छन् भने सबैको कुल सम्पत्ति १ हजार ६ सय २० खर्ब डलर छ । यिनीहरूको संयुक्त बजार मूल्य ४ सय ४० खर्ब डलर रहेको फोब्र्सले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]