बैंकिङ खबर । नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको connectIPS e-Payment त प्रणालीमा सोमबारबाट कारोबार शुरु गर्ने गरी बैंक अफ काठमाण्डू, कुमारी बैंक र देवः विकास बैंके लाई उत्त mप्रणालीमा आवद्ध गराईएको छ । बैंकका ग्राहकहरुले यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाटअनलाईनबाटै कारोबार गर्ने सक्नेछन् । जसमा रु. १ लाख सम्मको भुक्तानी गर्न सक्नेछन् भने मोबाईल एप्स मार्फत प्रति बैक प्रति कारोबार रु. ५ हजार सम्मको भुक्तानीगर्न सक्नेछन ।
यस प्रणालीमार्फत बैंकका ग्राहकहरुलेwww.connectips.com मागई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु उपयोग गर्न सक्ने छन् । हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजश्वभुक्तानी, रकमट्रान्सफर, बिलभुक्तानी, क्रेडिटकार्ड बिलभुक्तानी, मोबाईल वालेटको फण्डलोड, सेयर ब्रोकरको भुक्तानीजस्ता काराृेबारगर्न सकिने व्यवस्था रहेको छ। यस माध्यमबाट भुक्तानी कारोबारहरु अनलाईन मार्फत सिधै बैंक खाताबाट हुने हुदाँ बैकका ग्राहकहरुले बेहोर्दै आएको झन्झटबाट राहत पाउनुको साथै समयकोे समेत बचत हुने छ ।
।
connectIPS e-Payment प्रणालीमाहाल सम्म४४ बैंक तथावित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामाहाल सम्म ३६ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको छ ।