November 5th, 2018

शेयर ब्रोकरको भुक्तानी पनि connect IPS e-Payment प्रणाली मार्फत

बैंकिङ खबर । शेयर कारोबारलाई अटोमेसनमा लैजान गरिएको पहललाई टेवा पुराउने उद्देश्यले शेयर ब्रोकरलाई गरिने भुक्तानी नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको connect IPS e-Payment प्रणाली मार्फत सिधै भुक्तानी गर्ने व्यवस्था गरिएको छ । लगानीकर्ताहरुले शेयर खरीद गरे वापत ब्रोकरलाई गर्नुपर्ने भुक्तानी www.connectips.com मा गएर आवश्यक विवरण भरी आफ्नो बैंक खाताबाट सोझै सम्बन्धित ब्रोकरको बैक खातामा सजिलै रकमान्तर गर्न सक्नेछन् । हाल सम्ममा यस प्रणालीमा १२ जना ब्रोकरहरु (ब्रोकर नम्बर १०, ११, १३, १६, १७, २०, २१, २२, २५, ३८, ४९, ५९) अयललभअत क्ष्एक् भ(एबथmभलत प्रणाली मा आवद्ध भइसकेका छन् । साथै अन्य ब्रोकरहरुलाई पनि यस प्रणालीमा आवद्ध गराउने क्रम जारी रहेको छ । 

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको connect IPS e-Payment प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेट फण्ड लोड जस्ता कारोबार गर्न सकिने व्यवस्था रहेकोमा, शेयर ब्रोकरलाई लगानीकर्ताले यसै प्रणाली मार्फत सिधै भुक्तानी गर्ने गर्नल सकिन्छ । लगानीकर्ताहरुले अन्य माध्यमबाट भुक्तानी गर्दा बेहोर्दै आएको अनावश्यक झन्झटबाट राहत पाउनुको साथै समयकोे समेत बचत हुने छ । 

अयललभअतक्ष्एक् भ–उबथmभलत प्रणालीमा हाल सम्म ४४ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामा हाल सम्म ३४ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको छ । जसबाट लगानीकर्ताहरुले राहत पाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]