बैंकिङ खबर । अन्तर्राराष्ट्रिय कारोबार गर्नका लागि बैंकहरुले प्रयोग गर्ने सफ्टवेरलाई स्वीफ्ट भनिन्छ । स्वीफ्टको पुर्ण रुप द सोसाइटी फर वल्र्ड वाइड इन्टरबैंक टेलिकम्युनिकेसन हो । यो प्रणाली सोसाइटी फर वलफेयर अर्गनाइजेसनले बनाएको हो ।
एउटा बैंकबाट अर्को बैंकमा पैसा पठाउन यो सफ्टवेरको प्रयोग गरिन्छ सोसाइटी फर वेलफेयर अर्गनाइजेसनले बनाएको उक्त प्रणाली सुरक्षित वित्तीय कारोबारका लागि विश्वका अधिकांश बैंकहरूले प्रयोग गर्ने गर्दछन् । यो प्रणाली सुरक्षित मानिने भएकाले बैंकहरुले रकम स्थानान्तरणका लागि अर्डर पठाउन यसको प्रयोग गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले विश्वव्यापी रुपमा पैसा पठाउन र प्राप्त गर्नका लागि यो नेटवर्कको प्रयोग गर्दै आएका छन् ।
यो विश्वासनीय नेटवर्क हो । सोसाइटी फर वलफेयर अर्गनाइजेसन गैरनाफामुलक संस्था हो । यसले बैंकहरुबीच रकम स्थानान्तरणको लागि विश्वब्यापी रुपमा सेवा दिएको छ । स्वीफ्ट मार्फत एउटा देशको बैंकले अर्काे देशको बैंकमा रकम पठाउन सक्छन् ।
बैंकहरुले विश्वासिलो वातावरणमा काम गर्ने अबस्था यो संस्थाले बनाएको छ । नेपालका प्रायः सबै बाणिज्य बैंकहरु र केही विकास बैंकहरुले स्वीफ्टको सेवा लिएर विश्वब्यापी रुपमा रकमान्तरको काम गरिरहेका छन् ।
स्वीफ्टको सदस्य बन्न सबै बैंक तथा वित्तीय संस्थाहरुले शुल्क तिर्नुपर्छ । यसका हरेक गतिविधिको पैसा तिर्नुपर्छ । सदस्यता शुल्क मात्रै होइन, सुरक्षा सम्बन्धि प्रबिधिको पनि शुल्क तिर्नुपर्छ । सुरक्षासम्बन्धि अरु शुल्कहरु पनि तिर्नुपर्छ । स्वीफ्ट आफैमा प्रविधिमा आधारित सेवा भएकोले एउटा तहसम्मको सेवा सदस्य बन्नेकै आधारमा पाइन्छ ।