Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

परिवर्तन भएर आउँदैछ यसपालीको नयाँ नोट

admin २०७३ जेष्ठ ११ गते
सेयर:

money 2यसपालीको नयाँ नोट परिवर्तन भएर आउने भएको छ । नेपाल राष्ट्र बैंकले नयाँ नोटलाई केही परिवर्तित शैलीमा छाप्ने भएको हो । नयाँ नोटमा सुरक्षा धागो र जनावरको चिन्ह लगायतलाई परिवर्तन गरिएको राष्ट्र बैँकले जनाएको छ । 

नयाँ आउने पाँचसय दरको नोटमा दुईवटा बाघको सट्टा चितवन राष्ट्रिय निकुञ्जमा पाइने एउटा बाघ राखिएको छ भने एकसय रुपैया दरको नोटमा एउटा गैंडाको सट्टा चितवन राष्ट्रिय निकुञ्जमा पाइने बच्चा सहितको गैंडाको चिन्ह राखिएको जनाइएको छ । त्यस्तै, पचास रुपैया दरको नोटमा हिमाली भेडाको सट्टा नेपालमा पाइने हिम चितुवा राखिएको छ । त्यस्तै अहिलेको २० रुपैया दरको नोटमा साम्भर मृगको सट्टामा चितवन राष्ट्रिय निकुञ्जमा पाइने १२ सिङे राखिएको छ । नयाँ आउने हजार रुपैया दरको नोट विशेष प्रकारको हुने बताइएको छ । राष्ट्र बैँकका अनुसार, नयाँ नोटमा सुरक्षा धागो पनि विशेष चम्किलो प्रकारको हुनेछ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।