August 25th, 2018

कनेक्ट आईपिएसमा प्रभु बैंक पनि 

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपिएस ईपेमेन्ट प्रणालीमा प्रभु बैंक पनि आवद्ध भएको छ । जसअनुसार, अब प्रभु बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार रु. १ लाख सम्मको अनलाईन भुक्तानीहरु गर्न सक्नेछन् ।

यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले www.connectips.com मा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबारहरु गर्न सक्नेछन् । यस्ता सबै कारोबारहरु अनलाईन मार्पmत सिधै बैंक खाताबाट हुने हुँदा कारोबार सहज हुन्छ । हालउक्त प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेका छन । छिटै अन्य सेवाहरु समेत थपगर्न सकिने गरि काम भइरहेको कम्पनीले जानकारी गराएको छ ।

यस प्रणालीमा हालसम्म ३५ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेका छन् । जसमध्ये, २८वटा बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]