Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

मेगा बैंक पनि कनेक्ट आईपिएसमा आवद्ध

२०७५ भाद्र ३ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपालक्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपिएस ईपेमेन्ट प्रणालीमा मेगा बैंक नेपाललाई आवद्ध गराएको छ । बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार रु. १ लाखसम्मको अनलाईन भुक्तानीहरु गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले www.connectips.comमा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबारहरु गर्न सक्नेछन् । यस्ता सबै कारोबारहरु अनलाईन मार्पmत सिधै बैंक खाताबाट हुने हुँदा कारोबार सहज हुन्छ । हाल उक्त प्रणालीमार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेका छन् । छिटै अन्य सेवाहरु समेत थप गर्न सकिने गरि काम भइरहेको कम्पनीले जानकारी गराएको छ ।

यस प्रणालीमा हालसम्म ३४ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामा हालसम्म २७वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।