August 9th, 2018

जमाना चेन्ज भयो, पैसा अब ‘मोबाइल वालेट’मा

बैंकिङ खबर । समय होइन अब जमाना चेन्ज भयो । अब पैसा गोजीमा होइन मोबाइलमा बोक्ने दिन आएको छ । प्रभु ग्रुपले “वालेट अब मोबाइलमा” भन्ने नाराको साथमा प्रभु पे नामको मोबाइल वालेट संचालनमा ल्याएको छ । विहिबार आयोजित एक कार्यक्रमका विच प्रभु गु्रपका अध्यक्ष देवीप्रकाश भट्टचनले यसको प्रयोगसहित उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष भट्टचनले २०१० देखि नै डिजिटल कारेबारलाई ध्यानमा राखेर विभिन्न डिजिटल कारोबार गर्न मिल्ने एप्स संचालन गरीरहेको र यसैको अन्त्तरगत प्रभु पे संचालनमा ल्याएको जानकारी दिए । प्रभु ग्रुपले नेपाल राष्ट्र बैंक बाट मोबाइल वालेटको संचालनको लाइसेन्स सबैभन्दा पहिले लिएको थियो ।

अहिलेको डिजिटल युगमा नेपालमा संचालनमा रहेका अन्य वालेटभन्दा फरक सेवा तथा सुवाधा सहित प्रभु ग्रुपले यो मोबाइल वालेट संचालनमा ल्याएको छ । प्रभु पे को एप्सलाई मोबाइलमा गुगल वा प्ले स्टोरबाट डाउन्लोड गर्न सकिन्छ । डाउन्लोड गरिसकेपछि पैसासँग सम्बन्धित सम्पुर्ण कार्यहरु यसै एपबाट गर्न सकिनेछ । बैंक तथा वित्तीय संस्थाको खाताबाट ब्यालेन्स ट्रानफर गर्ने, विजुली तथा पानीको विल भुक्तानी गर्ने, मार्केटमा बस्तु तथा सेवाहरुको किनमेल गर्दा विल भुत्तानी गर्ने, प्रभु टिभिको रिचार्ज गर्ने, मोबाइल रिचार्ज गर्ने, इन्टरनेटको विल तिर्ने, फिल्मको टिकट बुकिङ गर्ने, एक सहकारीबाट अर्को  सहकारीमा ब्यालेन्स ट्रान्सफर गर्ने र  हवाई टिकट बुकीङ गर्ने जस्ता सुविधाहरु प्रभु पेमा रहेको छ । साथमा एनएचसीएल डिपोजीट गर्न समेत सहज हुने प्रभुले जनाएको छ । यसबाट अनलाइनको अलवा यूनीयन पे र क्युआर कोड स्क्यान मार्फत पनि रकम भुक्तानी गर्न सकिनेछ । 

प्रभु पेले आफ्ना नियमित ग्राहकहरुलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा पनि प्रदान गरेको प्रभु ग्रुपकी सञ्चालक कुसुम लामाले बताइन् । प्रभु एप्स संचालन गरिरहेको व्यक्तिले अरुलाई रिफर गर्दा ३० रुपैयाँ बराबरको ब्यालेन्स एकाउन्टमा आउने सुविधा रहेको छ । यो एप्समा आफ्नो छुट्टै च्याट सिस्टमको सुविधा पनि रहेका छ, जसको माध्यमबाट ट्रान्सफर गरेको रकम ट्रान्सफर गरेको ब्यक्तिको खातामा जम्मा भए नभएको थाहा पाउन सकिन्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]