Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

अब बैंक खाताबाट सिधै अनलाइन रकम ट्रान्सफर गर्न सकिने

२०७५ श्रावण १९ गते

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको connectIPS e-Payment प्रणालीको सेवा विस्तार गर्ने क्रममा बैंक खाताबाट सिधै गरिने अनलाइन रकम ट्रान्सफरको सेवा पनि संचालनमा ल्याइएको छ । उक्त सेवाअन्तर्गत बैंकको ग्राहकले e-Payment प्रणालीमार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार रु. १ लाख सम्मको सिधै रकम ट्रान्सफर गर्न सक्नेछन् । 

सेवाग्राहीले आफ्नै खातामा अथवा हितग्राहीको खातामा बैंक खाता नम्बरको आधारमा अथवा हितग्राहीको मोबाइल नम्बरको आधारमा समेत रकम ट्रान्सफर गर्न सक्ने सुविधा रहेको छ । बैंकको ग्राहकले उक्त प्रणाली प्रयोग गर्न www.connectips.comमा गई आफूलाई एक पटक आवद्ध गर्नु पर्ने हुन्छ र आफ्नो बैंक खाताको विवरण समेत भरी खाता लिंक गराए पछि सोको फारम डाउनलोड गरि एक पटक आफ्नो बैंकबाट भेरिफाई गर्नु पर्ने हुन्छ । 

उक्त प्रणालीमा हाल १९ वटा बैंकवित्तीय संस्थाहरुका ग्राहकहरुले कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ भने अन्य १० वटा बैंक वित्तीय संस्थाहरुसँग उक्त सेवा संचालनका लागि सम्झौता भई परिÔण भैरहेका छन् । हाल आवद्ध बैंकहरु सिटिजन बैंक इन्टरनेसनल लि, ग्लोबल आइएमई बैंक लि,  जनता बैंक नेपाल लि, एभरेष्ट बैंक लि, लक्ष्मी बैंक लि, नेपालबंगलादेश बैंक लि, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि, नेपाल बैंक लि, एन.आइ.सी. एशिया बैंक लि, एनएमबी बैंक लि, प्राइम कमर्सियल बैंक लि,  सिद्धार्थ बैंक लि, गरिमा विकास बैंक लि, गण्डकी विकास बैंक लि, लुम्बिनी विकास बैंक लि, मुक्तिनाथ  विकास बैंक लि, ओम डेभलपमेन्ट बैंक लि, सांग्रिला डेभलपमेन्ट बैंक लि र आइ.सि.एफ.सि. फाइनान्स लि रहेका छन् ।

बैशाख १२, २०७५ देखि प्रारम्भिक रुपमा नेपाल सरकारको राजस्व भुक्तानी गर्न शुरु गरिएको अयललभअतक्ष्एक् भ(एबथmभलत प्रणालीबाट गरिने विद्युतीय भुक्तानी सेवा विस्तारको क्रममा हाल संचालनमा ल्याइएको खाताबाट सिधै गरिने रकम ट्रान्सफरको सुविधाले बैंकका ग्राहकहरुलाई निकै सहज हुने र उक्त प्रणालीले नेपालको विद्युतीय भुक्तानी कारोबारलाई बृद्धि गर्न समेत प्रमुख भुमिका खेल्ने कम्पनीले विश्वास लिएको छ ।