Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मेगा बैंकले विस्तार गर्यो ६ नयाँ एक्सटेनसन काउन्टर

२०७५ असार २७ गते

मेगा बैंक नेपाल लिमिटेडले थप ६ वटा नयाँ एक्सटेनसन काउन्टरहरु विस्तार गरेको छ । गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले सुनसरी जिल्लाको बराहा नगरपालीकाको चक्रघाँटीमा, सुनसरी जिल्लाका कोशी गाउँपालीकाको लौकहिमा, अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीकामा, गुल्मी जिल्लाको रुरु गाउँपालीकामा, धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालीकाको तारापाटीमा र पाल्पा जिल्लाको माथागढी गाउँपालीकामा गरि ६ नयाँ एक्सटेनसन काउन्टरहरु विस्तार गरेकोे हो ।     

योसँगै मेगा बैंकको एक्सटेनसन काउन्टर संख्या १४ पुगेको छ । ९८ वटा शाखा रहेको मेगा बैंकका ७४ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २ हजारभन्दा बढी मेगा रेमिट एजेण्ट छन् । 

बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले एक्सटेनसन काउन्टर विस्तारलाई तीव्रता दिइरहेको छ । आउने आर्थिक बर्षमा समेत थप शाखा कार्यालयहरु, एक्शटेनसन काउन्टर, एटीएम सञ्जाल, शाखारहित केन्द्रहरु र मेगा रेमिट एजेण्टहरु खुल्ने मेगा बैंकले जनाएको छ ।

Ad