Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

डिश मिडियाको अध्यक्षमा हेमराज ढकाल चयन

२०७५ असार २२ गते

डिश मिडिया नेटवर्क लिमिटेडको संचालक समितिको अध्यक्षमा हेमराज ढकाल नियुक्त भएका छन् । कम्पनीको असार २१ गते शुक्रबार बसेको संचालक समितिको बैठकले देवी प्रकाश भट्टचनद्धारा अध्यक्ष तथा संचालक पदबाट दिइएको राजीनामा स्वीकृत गर्दै ढकाललाई अध्यक्ष नियुक्त गरेको हो । भट्टचनको राजीनामापछि रिक्त रहेको संचालक पदमा भने सुदिप आचार्यलाई नियुक्त गरिएको छ । 

अध्यक्ष हेमराज ढकाल आईएमई समुहको प्रवन्ध निर्देशक तथा विभिन्न उद्योग व्यवसायसंग आवद्ध छन् भने प्रवन्ध निर्देशक सुदिप आचार्य यसै कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रही कामना सेवा विकास बैंक लिमिटेडका अध्यक्ष तथा सफल उद्यमीे समेत हुन् । 

सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क लिमिटेड (डिश होम) नेपालको पे टिभी इन्डस्ट्रीमा काम गरिरहेको सबै भन्दा सफल र ठुलो कम्पनी हो । असार १८, २०७४ बाट यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भईसकेको छ र निकट भविष्यमा सर्वसाधारणका लागि सेयर समेत निष्काशन गर्ने तयारीमा छ ।