May 19th, 2016

बढ्दो बैँकिङ अपराध : बंगलादेशमा फेरि साइबर आतंक

cyber attackबङ्गलादेशको केन्द्रीय बैङ्कमा भएको जस्तै साइबर हमला अर्को बैङ्कमाथि पनि भएको ‘सोसाइटी फर वर्ल्डवाइड इण्टरबैङ्क फाइनान्सियल टेलिकम्युनिकेशन’ (स्विफ्ट)ले बताएको छ । यसपटक अपराधीहरूले वाणिज्य बैङ्कलाई निशाना बनाएको स्विफ्टको भनाइ छ । यद्यपि, यसले बैङ्कको नाम र त्यहाँबाट कुनै रकम चोरी भयो कि भएन भन्नेबारेमा जानकारी गराएको छैन । ‘हमला गर्नेहरूसँग लक्षित बैङ्कमा विशिष्टकृत अपरेशनल नियन्त्रण कसरी गर्ने भन्नेबारेमा अति गहन र परिष्कृत ज्ञान रहेको देखियो, तिनीहरूलाई बैङ्कभित्रैका मानिसहरूले सहयोग गरिरहेको हुन सक्छ,’ स्विफ्टले भनेको छ । बङ्गलादेश बैङ्कमा जस्तै गरी साइबर अपराधीहरूले आफ्नो नियन्त्रणमा रहेको खाताहरूमा ठूलो परिमाणमा रकम स्थानान्तरण गर्न उक्त वाणिज्य बैङ्कको तर्फबाट सन्देश पठाएको बताइएको छ ।

साइबर अपराधीहरूले यसअघि फेबु्रअरीमा पनि फेडरल रिजर्भ बैङ्क अफ न्यूयोर्कमा रहेको बङ्गलादेश बैङ्कको खाताबाट ८ करोड १० लाख चोर्न प्रयोग गरेकै प्रविधि र औजारहरू प्रयोग गरेको स्विफ्टले बताएको छ । वित्तीय संस्था तथा बैङ्कहरूले दिनहुँ अर्बौं डलरबराबरको रकम स्थानान्तरण गर्नका लागि प्रयोग गर्ने विश्वव्यापी वित्तीय सञ्जाल हो स्विफ्ट । विश्वका ११ हजार वित्तीय संस्थाले यसको प्रयोग गरिरहेका छन् ।

असाधारण अपराध
बंगलादेशका सुरक्षा प्रणालीहरू धेरै खतरनाक रहेको र परामर्शदाताहरूले सुरक्षासम्बन्धी क्षेत्रमा सुधार कार्य गरिरहेको वित्तमन्त्री मुहिथले जनाए । यो साइबर चोरीको अनुसन्धानसम्बन्धी विवरणात्मक प्रतिवेदन ६ सातामा पूरा हुनेछ । उनले यो अपराधलाई धरै असाधारण घटना भनी टिप्पणी गरेका छन् । विश्वभर हाल यस्तो साइबर आक्रमणको घटना स्मरणमा नभएको उनले जनाए । यो बंगलादेशका लागि धेरै ठूलो रकम हो, उनले भने । करिब १ अर्ब अमेरिकी डलरबराबरको यो चोरीले विश्वभरिका केन्द्रीय बैंकहरूलाई ह्याकरहरूबाट विदेशी सुरक्षण खाताका लागि व्यवस्था गरिएको सुरक्षा व्यवस्थाबारे पुनर्विचार गर्न बाध्य पारेको छ ।

बंगलादेशको विदेश सञ्चिति यो वर्ष एक रेकर्डका रूपमा उच्च भई २९ अर्ब अमेरिकी डलर पुग्यो । यसका लागि चिनियाँ मुद्रामा आएको कमजोरीले बंगलादेशको गार्मेन्ट उद्योगमा चाहिने कच्चापदार्थको लागतमा कमी आएको प्रमुख कारण हो अनि विश्वव्यापी मागमा आएको गिरावटका बाबजुद निर्यात बढी छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]