Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

रिचार्जर एपबाट मोबाइल किन्दा टिभि सित्तैंमा, अफर एक साता चल्ने

२०७५ जेष्ठ ३० गते

फुटबलको कुम्भ मेला विश्वकप फुटबलको अवसर पारेर मोबाइल एप रिचार्जरले मोबाइल किन्दा टिभि सित्तैंमा दिने अफर ल्याएको छ । विश्वकप फुटबलको समयमा टिभि तथा मोबाइल किन्ने सोच बनाएकाहरुलाई लक्षित गर्दै रिचार्जरले यस्तो अफर ल्याएको हो । 

यसअघि केही घण्टाका लागि मात्र १ रुपैंयामा जर्सी उपलब्ध गराएको रिचार्जरले यो अफर एक सातासम्म सञ्चालन गर्ने जनाएको छ । ‘मोबाइल किन्दा टिभि सित्तैमा’ अफर विश्वकप फुटबल सुरु हुने दिन बिहीबारदेखि सुरु हुनेछ । रिचार्जर को वेबसाइटमा नभई मोबाइल एपमा मात्र अफर लागू हुने रिचार्जरका प्रमुख कार्यकरी अधिकृत निराजन सिंहले बताए । 

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले १०० रुपैंया क्यास व्याक पाउने छन् । ‘त्यस पछि जतिको मोबाइल रिचार्ज गर्नु हुन्छ, त्यत्ति नै क्यास व्याक पाउनु हुन्छ । यसरी प्राप्त हुने क्यास व्याकलाई रिचार्जर बाट सामान खरिद गर्दा प्रयोग गर्न सकिन्छ ।’ सिंहले बताए ।

Hyperlinks are :

for google play : https://play.google.com/store/apps/details?id=com.reecharger&hl=en

and for Apple Appstore :

https://itunes.apple.com/np/app/reecharger/id1125224725?mt=

 

सिंहका अनुसार रिचार्जरबाट साओमीको एमआई मिक्स, एमआई एम फाईभ एक प्लस तथा जेटीईको एक्सन इलाइट मोडलका मोबाइल किन्नेहरुले १९ इञ्चको टेक्नोजको एलईडी टिभि पाउने छन् । त्यसै गरी जेटीईको एक्सन मिनी, एचटीसीको डी ७२८ र ६२६ जी प्लस मोडलका मोबाइल खरिद गर्नेले टेक्नोजको १५.६ इञ्चको एलईडी टिभि पाउने छन् । अफर बिहीबारदेखि सुरु हुनेछ ।

प्रत्येक एक महिनामा यस्ता अफरहरु कम्तीमा एक पटक सञ्चालन गरिने ग्लोबल कि टेक्नोलोजीका प्रबन्ध निर्देशक टीकाराम बुढाथोकीले बताए । ‘मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्दा तपाईले ११ वटा बैंकको इ बैंकिंग, इसेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्नु हुन्छ ।’बुढाथोकीले भने ।

होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट सेवाप्रदायकका बिलहरु पनि तिर्न सकिने तयारी गरिरहेको रिचार्जर एपबाट क्यास व्याकको सदुपयोग गरी समय र पैसाको बचत गर्न सकिन्छ ।

‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जरले १ हजारभन्दा बढी ब्राण्डसंग सहकार्य गर्दै सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।