लगानी बोर्डको बैठक (बुधबार) आज बस्दैछ । बोर्डको बैठक नियमित भएपनि नयाँ बजेटमा परेका परियोजनाका सम्बन्धमा छलफल हुने बताइएको छ । साँझ ५ बजेपछि नयाँ बानेश्वरमा बस्ने बैठकमा लगानी भित्र्याउन भइरहेका पहल र आगामी योजनाका विषयमा पनि छलफल हुने बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।