Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
फिन–टेक

विश्वकपको प्रत्यक्ष प्रसारण डिस होममा, नेपालीमा कमेन्ट्री

२०७५ जेष्ठ २३ गते

रुसमा अर्को साताबाट सुरु हुने विश्कप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ । नेपाली कमेन्ट्रीसहितको प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टटेटर संजिव शिल्पकारले खेलको कमेन्ट्री गर्नेछन् ।

नेपालका लागि अधिकारिक प्रसारण डिस होम एक्सन स्पोर्ट्स, नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजनले गर्दै छन् । डिस होमले भने नेपाली दर्शकका लागि नेपाली भाषालाई प्रथामिकतामा राख्दै कमेन्ट्री दिन लागेको हो । यसबाहेक खेल सुरु हुनु अघि र खेल पछि पनि विभिन्न कार्यक्रमहरु डिस होमले प्रसारण गर्नेछ । खेल विश्लेषणका लागि फुटबलसँग सम्बन्धित केहि चर्चित व्यक्तित्वहरुपनि आबद्ध हुँदैछन् ।

डिस होमले सार्वजनिक गरेको प्रोमोसन भिडियोमा पूर्व राष्ट्रिय कप्तान हरि खड्का, गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर विक्रम लामा, कप्तान विराज महर्जन लगायतका खेलाडीहरुको उपस्थिति छ । फुटबल बाहिरका विशेष अतिथिहरु पत्रकार ऋषि धमला, कमेडियन विल्सन विक्रम राई लगायतका प्रतिक्रियाहरु पनि कार्यक्रममा प्रसारण गरिनेछ । उक्त भिडियोमा नेपाल आइडलका शीर्ष तीनमा पर्न सफल गायक प्रताप दासले स्वर दिएका छन् । फुटबलको महाकुम्भ नामक भिडियो नेपाली च्यानलले विश्वकपलाई लक्षित गरेर सार्वजनिक गरेको पहिलो गित पनि हो ।