Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

 कुमारी बैंकद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न

२०७५ जेष्ठ २३ गते

कुमारी बैंक लिमिटेडले हरियाली कायम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले विश्व वातावरण दिवस,२०७५को  अवसर पारेर वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । बैंकको नक्सालस्थित कार्यालय तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित बाबा आश्रममा आयोजना गरिएको उक्त वृक्षारोपण कार्यक्रम बैंकका सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार लामाको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायत बैंकका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।  

नेपाल राष्ट्र बैंकले यस वर्षको विश्व वातावरण दिवसका अवसरमा “एक कर्मचारी एक फलफूल विरुवा” अन्तर्गत, सबै वित्तीय संघसंस्थाहरुलाई वृक्षारोपण गर्न आह्वान गरेको थियो । सोही अनुसार, कुमारी बैंकले आजैका दिन विभिन्न शाखा कार्यालय परिसरहरुमा पनि फलफूलको  विरुवा रोपी यस वर्षको विश्व वातावरण दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो ।