June 3rd, 2018

सिटिजन्स बैंकको अनलाइन कार्ड कारोबार थप सुरक्षित, प्रयोगमा आयो नयाँ प्रविधि

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्टरनेटमा कार्ड मार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने आफ्ना ग्राहकहरुको लागि भिषा थ्रिडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ । भिषा कार्ड इन्टरनेसनलको “भेरिफाइड बाई भिषा”मा आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारको लागि अतिरिक्ति सुरक्षा तहको रुपमा रहनेछ । यो सेवा लिने ग्राहकहरुले प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्न सक्नेछन्, जसले गर्दा अनलाइन कार्ड कारोबार अझै सुरक्षित हुनेछ ।

बैंकमा डलर खाता भएका ग्राहकहरुले बैकमा विश्वका कुनै पनि स्थानमा र नेपाली रmपैयाँमा खाता भएका ग्राहकहरुले नेपाल र भारतमा डेविट एवं क्रडिट कार्ड मार्फत न्यूनतम वार्षिक शुल्कमा अनलाइनमा वस्तु तथा सेवा खरिद गर्न सक्नेछन् । यस प्रबिधिबाट गरिएको अनलाइन कार्ड कारोबारमा जालसाझी एवं नक्कली कारोबारको जोखिम कम हुने हुँदा अझै सुरक्षित, भरपर्दो र विश्वसनिय हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ६९ वटा ए.टि.एम. र ९७ वटा शाखारहित बैंकिङ्ग एकाइहरुबाट करिब तीन लाख ३५ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]