२०७३ जेष्ठ ५ गते

तेस्रो त्रैमासमा अत्याधिक नाफा बढाउने १० वाणिज्य बैँकहरु

profitरुपा कोइराला । बैँक तथा वित्तीय संस्थाहरु चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नतर्फ लागिरहेका छ । बैँकहरुद्धारा जारी विवरणअनुसार २९ वटा वाणिज्य बैँकहरुमध्ये, आधा दर्जनको नाफा १ अर्ब रुपैयाँभन्दा माथि रहेको छ । राष्ट्रिय वाणिज्य बैँक र स्टान्डर्ड चार्टर्ड बैँक घाटामा गएका छन् । यसबाहेकका अन्य बैंकहरुको नाफा सन्तोषप्रद नै रहेको छ । बैँकहरुद्धारा सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको नौ महिनामा सबैभन्दा धेरै खुद मुनाफा आर्जन गर्ने उत्कृष्ट १० बैकहरुको बारेमा यहाँ चर्चा गरिन्छ : 

नबिल बैंकले चालू आवको नौ महिनाको अवधिमा सबैभन्दा धेरै मुनाफा आर्जन गरेको छ । बैँकले सो अवधिमा २ अर्ब ६ करोड ८७ लाख ९० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले एक अर्ब ६१ करोड ९७ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । चुक्ता पुँजी चार अर्ब ७५ करोड ६५ लाख ७० हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब १३ अर्ब २५ करोड ८७ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरी ७० अर्ब ७३ करोड ८३ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकले चालू आवको नौ महिनामा एक अर्ब ८६ करोड २५ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा एक अर्ब ५२ करोड ७९ लाख २३ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी सात सात अर्ब २५ करोड २६ लाख ३९ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब १२ अर्ब ६२ करोड २३ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८४ अर्ब ३७ करोड ४३ लाख ७३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

एभरेष्ट बैंकले पनि चालू आवको नौ महिनाको अवधिमा एक अर्ब २० करोड ९० लाख ५२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजी दुुई अर्ब ७४ करोड २६ लाख चार हजार रुपैयाँ रहेको बैंकले सो अवधिमा ७९ अर्ब ८१ करोड ८४ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब १८ करोड ३२ लाख ६८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सम्भावित जोखिम व्यवस्थापन शीर्षकमा छ करोड ९४ लाख १४ हजार रुपैयाँ रहेको बैंकले सो अवधिमा शून्य दशमलव ६३ प्रतिशत रहेको छ । 

नेपाल बैंकले पनि चालू आवको नौ महिनामा एक अर्ब ६४ करोड २७ लाख ५० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजी छ अर्ब ४६ करोड ५० लाख दुुई हजार रुपैयाँ रहेको बैंकले सो अवधिमा ८२ अर्ब ६३ करोड १२ लाख एक हजार रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब ८२ करोड चार लाख ७५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

हिमालयन बैंकले पनि चालू आवको नौ महिनाको अवधिमा एक अर्ब ३१ करोड ९३ लाख २३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजी चार अर्ब ४९ करोड ९१ लाख ४५ हजार रुपैयाँ रहेको हिमालयनमा दुुई दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । कृषि विकास बैंकले पनि सो अवधिमा एक अर्ब २१ करोड १३ लाख ४२ हजार रुपैयाँ खुद मुुनाफा आर्जन गरेको छ । 

सानिमा बैंकले चालू आवको नौ महिनामा ६७ करोड चार लाख १६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ४२ करोड ३२ लाख १२ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी तीन अर्ब छ करोड दुई लाख ८८ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिकअवधिमा ४३ अर्ब ४४ करोड १९ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ४६ करोड ९५ लाख ४५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

सेञ्चुरी बैंकले भने सो अवधिमा २३ करोड २४ लाख १४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा १६ करोड ३० लाख ८७ हजार रुपैयाँ रहेको थियो । चालू आवको नौ महिनामा बैँकले २६ अर्ब ५७ लाख २९ हजार रुपैँया निक्षेप संकलन गरेको छ भने २२ अर्ब ८२ करोड ६९ लाख ३४ हजार रुपैँया कर्जा प्रवाह गरेको छ ।    

नेपाल बंगलादेश बैंकले चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा नौ महिनाको अवधिमा ७० करोड चार लाख छ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ५१ करोड ३० लाख ७९ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी तीन अर्ब तीन करोड ९२ लाख ११ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३५ अर्ब ८१ करोड ९५ लाख ६४ हजार रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब ३८ करोड ८१ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

त्यस्तै, लक्ष्मी बैँकले चालू आर्थिक वर्षमो नौ महिनामा ४४ करोड १ लाख ८७ हजार रुपैँया खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैँकले ४३ अर्ब ७१ करोड १२ लाख ७१ हजार रुपैँया निक्षेप संकलन गरी ३६ अर्ब ६८ करोड ३ लाख ७५ हजार रुपैँया कर्जा प्रवाह गरेको छ ।