बैंकिङ खबर । ज्योति विकास बैंक र सानिमा बैंकबीच रेमिट्यान्स सेवा आदानप्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । जेठ १५ गते भएको सम्झौता बमोजिम अब ज्योति विकास बैंकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा सानिमा बैंकका सम्पूर्ण कार्यालयहरुबाट पनि रकम भुक्तानी लिन र दिन सकिनछ ।
सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट संचालन विभाग प्रमुख बलदेव थापा र सानिमा बैंकका तर्फबाट प्रबन्धक सरोज गुरागाईँले हस्ताक्षर गरेका थिए ।

