Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

लक्ष्मी बैंकको एटिएम पश्चिम पृतना हेडक्वाटर बिजयपुर व्यारेकमा

२०७५ जेष्ठ १७ गते

लक्ष्मी बैंकले आफ्नो एटिएम सेवा विस्तार गर्ने क्रममा पोखराको पश्चिम पृतना हेडक्वाटर बिजयपुर व्यारेकमा विहीबारदेखि एटिएम सेवा संचालनमा ल्याएकोे छ । एटिएमको उद्घाटन पृतनापति देवेन्द्र बहादुर मेधासी र लक्ष्मी बैंकको तर्फबाट मनिष राज कुँवरद्वारा संयुक्त रुपमा गरियो ।  

एटिएम सेवा व्यारेकका सैनिकहरुका लागि मात्र नभई सर्वसाधारणहरुका लागि पनि उपलब्ध हुने बैंकले जनाएको छ । यससँगै लक्ष्मी बैंकको एटिएम संख्या १०२ पुगेको छ । यसबाहेक, बैंकले देशभरका ८४ वटा शाखामार्फत सेवा दिँदै आएको छ । आगामी दिनहरुमा पनि बैंकले अझ धेरै शाखा अनि एटिएम सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।