Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

सामाजिक जनचेतनामुुलक कार्यक्रममा माछापुच्छ्रे बैंकको सहकार्य

२०७५ जेष्ठ १७ गते

माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा जेठ १६ गते क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा जनचेतनामुुलक कार्यक्रम आयोजना गरेको छ । काठमाडौंस्थित भि.एस. निकेतनमा अध्यनरत करिव ३५० भन्दा बढी विधार्थीहरुको उपस्थितिमा वातावरणीय प्रभाव, सूूर्तीजन्य पदार्थको नकारात्मक प्रभाव, क्यान्सर रोग तथा मुुटुु रोगको प्रभाव सम्बन्धि साक्षरता कार्यक्रमको आयोजना गरेको छ । 

साथै बैंकले वित्तिय साक्षरता कार्यक्रम गर्दै देश विकाशमा बाणिज्य बैंकको भुुमिका तथा यसले प्रदान गर्दै आएको सेवा–सुुविधाको बारेमा विधार्थीहरुलाई जानकारी दिएको थियो ।उक्त कार्यक्रमलाई अझ प्रभावकारी बनाउन हास्य कलाकार मनोज गजुुरेलको समेत उपस्थिति रहेको थियो । यस्ता जनचेतनामुुलक कार्यक्रमलाई आगामि दिनहरुमा निरन्तरता दिइरहने समेत बैंकले जारी विज्ञप्तीमा जनाएको छ । 

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ७७ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा १०० स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ सुबिधा  प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।