Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

महालक्ष्मी विकास बैंकद्धारा दृष्टिबिहिनहरुलाई सहयोग

२०७५ जेष्ठ १७ गते

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सुकेधारा शाखाले नेपाल नेत्रहिन संघ सुकेधारा मार्फत विभिन्न ५० जना दृष्टिबिहिनहरुका लागि सेतो छडि एक समारोहका बिच वितरण गरेको छ । सुकेधाराका शाखा प्रबन्धक निरञ्जन कुईकेलले छडि वितरण गर्दै सामाजिक रुपमा असक्त व्यक्तिहरुप्रति बैंकले गरेको यस्तो प्रकारको सहयोग आगामी दिनहरुमा समेत जारी रहनुका साथै यो कार्य अन्य व्यक्ति तथा संघ संस्थाका लागि समेत प्रतिनिधि कार्यको रुपमा रहने विश्वास व्यक्त गरे ।

यसअघि, जेठ ५ गते बैंकको साँफेबगर शाखाले साँफेबगर  नगरपालिका वडा नं ४ स्थित जनकल्याण माध्यमिक विद्यालयमा बयलपाटा अस्पतालको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रम सफल बनाउन बैंकका शाखा प्रबन्धक लक्ष्मण बहादुर साउद र  बयलपाटा अस्पतालका डा. विकाश गौचन सहित पाँच सदस्यहरुको उल्लेख्य भूमिका रहेको थियो । कार्यक्रममा साँफेबगर  नगरपालिकाका १४७ जना लाभान्वित भएका थिए ।

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।