8th IFC Trade Awards मा एनएमबि बैंक "Best Issuing Bank Partner in Fragile Countries – 2017- South Asia” अवार्डबाट सम्मानित भएको छ । नेपालमा यो सम्मान प्राप्त गर्ने एनएमबि बैंक पहिलो बाणिज्य बैंक हो । Global Trade Finance Program 2017मा बैकले गरेको सहकार्यका लागि Regional Financial Institutions Group, IFC का Head – Asia & Pacific, Mr. Vittorio Di Bello ले एनएमबि बैंकका CEO – Sunil KC लाई सो अवार्ड प्रदान गरेका छन् ।
IFC Trade Awards को प्राप्तिले एनएमबि बैकको अन्र्तराष्ट्रिय सम्बन्ध तथा अन्र्तराष्ट्रिय साझेदारहरुको सहकार्यमा नेपालका स्थानीय समुदायमा गर्न सक्ने ठुलो व्यापार लगानी क्षमतालाई उद्घोष गरेको छ । एनएमबि बैकले “समृद्ध नेपालका लागि” भन्ने नारालाई आत्मसाथ गर्दै उर्जा, पर्यटन, साना तथा मझैला ब्यावसाय तथा कृषि क्षेत्रमा बिभिन्न खाले वित्तीय लगानी गरेर देशकै अर्थतन्त्रमा साकारात्मक प्रभाब हुने गरी काम गरिरहेको जारी पे्रस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
IFC Trade Awards को प्राप्तीसँगै यस बर्ष एनएमबि बैकले हालसम्म ३ चर्चित अन्र्तराष्ट्रिय अवार्ड हात पारेको छ । जसमा The Bank of the Year 2017 – The Financial Times, London र Certificate of Merit – Frost and Sullivan समेत रहेको छ ।

