Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

चितवनको भरतपुरमा कृषि विकास बैंकको अन्तरकृया कार्यक्रम सम्पन्न

२०७५ जेष्ठ १६ गते

कृषि विकास बैंक लिमिटेडको क्षेत्रीय कार्यालय वीरगञ्जले “स्थानीय तहमा कृषि विकास बैंक लि.” विषयक एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालद्धारा उद्घाटन गरिएको कार्यक्रम भरतपुर महानगरपालिकाका मेयर, उपमेयर, सो अन्तरगतका २९ वटा वडाका अध्यक्षहरु, चितवनका रत्ननगर न. पा., खैरहनी न.पा., माडी न.पा., राप्ती न.पा. तथा कालिका न.पा.का मेयर, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य पदाधिकारी, कृषि विकास बैंक चितवनका ८ वटा शाखा÷उपशाखा तथा तालीम केन्द्रका शाखा प्रबन्धकहरु तथा तालीम केन्द्र प्रमुख, चितवन उद्योग बाणिज्य संघका अध्यक्ष, खानेपानी व्यवस्थापन ब।ेर्ड भरतपुरका प्रमुख कार्यकारी अधिकृत तथा पत्रकारहरु गरी करिव ९० जनाको सहभागितामा सम्पन्न भएको हो ।  

कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले नेपाल सरकारको सबै स्थानीय तहमा बैंकिङ्ग सेवा पुर्याउने नीति रहेको र सो सन्दर्भमा कृषि विकास बैंकसँग मिलेर भरतपुर महानगरपालिकाका कार्यक्रम जस्तैः सामाजिक सुरक्षाका कार्यक्रम, विकासका कार्यक्रम लगायत अन्य सम्पूर्ण कार्यक्रम गर्न समेत ईच्छुक रहेको बताइन् । त्यसका लागि बैंक थप आधुनिक, प्रतिष्पर्धी र छिटो छरितो हुनु जरुरी रहेको उनको धारणा थियो ।

रत्नगर न.पा.का मेयर नारायण वन, कालिका न.पा.का मेयर खुम नारायण श्रेष्ठ (गोपी), माडी न.पा.का मेयर ठाकुर प्रसाद ढकाल तथा राप्ती न.पा.का मेयर श्री प्रभा बरालले कृषि विकास बैंकले नेपाली जनताको मन विश्वास जित्न सफल भएको, नयाँ पुस्तालाई अपेक्षित रुपमा आकर्षण गर्न अझ मेहनत गर्नुपर्ने र अन्य बैंकहरुको तुलनामा प्रतिष्पर्धी भई बजारमा आउनु पर्ने धारणा राखे ।

कार्यक्रममा सहभागीहरु बीच करिव आधा घण्टा खुला छलफल भई बैंकका बिषयमा विभिन्न गुनासा, राम्रा पक्ष र सुधार गर्नु पर्ने पक्षमा बिचारहरु आदान प्रदान गरिए । अन्तरकृया कार्यक्रममा सहभागीका तर्पmबाट उठेका जिज्ञाशा समेतलाई समेटेर बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरु लाई निर्वाचित हुनु भएकोमा बधाई ज्ञापन गर्दै कृषि विकास बैंक नेपाली जनताका माझ सामाजिक अभिमुखिकरण सहितको बैंक, सार्वभौम बैंक र दिगो बैंक बन्ने दिशामा अगाडी बढिरहेको विचार राखे । उनले बैंकले छिट्टै देशका ७ वटै प्रदेशमा कम्तीमा ४ वटाका दरले कुल २८ वटा ठूला कृषि परियोजना संचालन गरी कृषि पेशालार्ई व्यवसायिक गर्न प्रयास गर्ने जानकारी गराउँदै यो बैंकलाई थप आधुनिक, प्रतिष्पर्धी र IT Friendly बनाईने बताए । कृषि विकास बैंकले महानगरपालिकासँग मिलेर काम गर्न चाहेको भन्दै उनले महानगरपालिकाको सम्पूर्ण कारोवार यसै बैंक मार्फत गर्न अनुरोध समेत गरे ।

क्षेत्रीय कार्यालय वीरगञ्जका निर्देशक बाबुकाजी थापाले आगामी दिनमा भरतपुर महानगरपालिका, अन्य न.पा., स्थानीय तह तथा निकायहरुसँग कृषि विकास बैंक हातेमालो गरी आधुनिक बैंकिंग सेवा प्रदान गर्न चाहेको बताए । 

बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठले कृषि विकास बैंकद्धारा विगतमा नेपाली जनताको आर्थिक तथा सामाजिक विकासमा गरेको योगदान, बैंकले हाल ल्याएको नयाँ /नयाँ प्रोडक्ट तथा कार्यशैलीमा ल्याएको परिवर्तनका बारेमा जानकारी गराए । 

कार्यक्रममा क्षेत्रीय कार्यालय वीरगञ्जका शाखा प्रमुख रामचन्द्र अधिकारी, बैंकिङ्ग कार्यालय नारायणगढका शाखा प्रबन्धक राजेन्द्र पौडेल, शाखा अधिकृत तेज प्रसाद घिमिरे तथा का.स. उमेश पौडेल समेतको उपस्थिती थियो ।