Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

गरिमा विकास बैंक र गण्डकी विकास बैंकबीच रेमिट्यन्स सम्झौता

२०७५ जेष्ठ १६ गते

गरिमा विकास बैंक लिमिटेड र गण्डकी विकास बैंक लिमिटेड बीच “गरिमा रेमिट’’सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

जेष्ठ १५ गते मंगलबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र गण्डकी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाबीच सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस सम्झौतापश्चात हाल देशभर रहेका गण्डकी विकास बैंक लिमिटेडका ५९वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने भएको छ ।