नोभेल एकेडेमी, न्युरोड पोखराले उद्यमशीलता विकास सम्बन्धि एक दिने कार्यशाला आयोजना गरेको छ । पोखरा पार्टी प्यालेसको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा नोभेलका बिबिए छैठौं तथा आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता थियो ।
नोभेल एकेडेमी र युनुस सोसिअल विजनेस सेन्टर बंगलादेश बीच भएको सम्झौता स्वरूप उद्यमशीलताको विकासका लागी सो कार्यक्रम आयोजना गरिएको हो । कार्यशालाको मुख्य उद्देश्य विद्यार्थीमाउद्यमशीलता विकासको सिप सिकाई नेपालमा विद्यमान गरिवी उन्मुलन गर्ने, रोजगारीसृर्जना गर्ने, उद्यमको विकास गरी नेपालको कुल ग्राहस्थ वृद्धि गर्नेसाथै नेपालको दिगो आर्थिक विकासमा टेवा पुर्याउने थियो ।
कार्यक्रममा क्षेत्रीय सफल उद्यमीको रूपमा नोभेल एकेडेमीका प्रमुख कार्यकारी अधिकृत विशेश्वर आचार्यलाई चित्रण गराई आमन्त्रण गरिएको थियो । कार्यक्रमउद्घाटनको विशेष समयमा आचार्यले आफ्ना सफलताका केही सूत्रहरु विद्यार्थी माझ प्रस्तुत गरे उिनले सफलताका लागी सपना देख्न जरुरी रहेको कुरामा जोड दिए । “सपना नदेख्नु र उद्देश्य नराख्नु जिन्दगीको ठुलो धोका हो”, उनले भने । साविकको कक्षा कोठे शिक्षाभन्दा बाहिर आयोजना गरिएको कार्यशाला शैलीको यस्तो कार्यक्रमले विद्यार्थीको आफ्नो आन्तरिक क्षमता प्रस्फुटन गर्न प्रभावकारी रहेकाले सबैलाई बधाई दिए । बजारमा अहिले लगानीकर्ताको अभाव छैन तर नयाँ सोचको छ भन्दै उनले विद्यार्थीको इनोभेटिभ आइडियालाई कलेज आफैले लगानी गर्न सक्ने इच्छा जाहेर गरे किार्यक्रमका मुख्य प्रशिक्षक अभिषेक मास्केले बिभिन्न नयाँ तथा रमाइला तवरले कार्यक्रम सञ्चालन गरे ।
हरेक प्रोडक्ट (वस्तु वा सेवा) समस्या समाधानमै केन्द्रित हुन्छ भन्दै सुरु भएको कार्यशालामा विद्यार्थीको प्रत्यक्ष सहभागी रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले वेरोजगारी, खराब स्वास्थ्य, बजार व्यवस्थापन, भेदभावरहिंसा, प्रविधिको अभाव, अन्योल भविष्य जस्ता विविध क्षेत्रका समस्या र तिनलाई सुल्झाउने विजनेस प्लानरमोडेल तैयार पारेका थिए ।
कार्यक्रमको अन्त्यमा उत्कृष्ट विद्यार्थीहरुलाई सान्त्वना स्वरूप पुरस्कार वितरण गरिएको थियो भने एकेडेमीका प्राचार्य डा. कृष्ण राज भण्डारीले सहभागी सबैलाई प्रमाणपत्र वितरण गरेर कार्यक्रमलाई समापन गरेका थिए ।
युनुस सेन्टर नेपाल, किंग्स कलेज तथा नोभेल एकेडेमीको सहकार्यमा आयोजित कार्यशालाको सहजीकरण एकेडेमीका बिबिए संयोजक शम्भब लामाले गरेका थिए ।


