Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

जनता बैंकको भण्डारा शाखाबाट सुरु भयो कारोबार 

२०७५ जेष्ठ १३ गते

जनता बैंक नेपाल लिमिटेडले थप एक शाखाबाट कारोबार सुरु गरेको छ । चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं. ५ स्थित भण्डारा शाखाबाटकारोवार सुरु गरिएको हो । 

पूर्व पश्चिम राजमार्गमा रहेका स्थानीय  उद्यमी, व्यापारी तथा राप्ती नगरपालिकाका जनताहरुले यस शाखाबाट अन्य शाखाहरुमा झैँ आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् । बैंकले पूर्व पश्चिम राजमार्ग भएर आहोरदोहोर गर्ने ग्राहकहरुले यस शाखामार्फत थप सुविधा लिन सक्ने जनाएको छ । 

यससँगै चितवन जिल्लामा मात्रै जनता बैंकको ८ वटा शाखा पुगेका छन् भने देश भरीमा गरि शाखा सञ्जाल ११६पुगेको छ । यसबाहेक बैंकले ४०शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।