नेपाल चार्टर्ड एकाउन्टेन्स् संस्था (ICAN) ले तोकेको लेखा मापदण्ड अनुसारले वित्तीय विवरण तयार गर्नको लागि मुक्तिनाथ विकास बैंक र SAR Advisors Pvt Ltd. बिच एक सम्झौता भएको छ । उक्त सस्था र बैंक बिच NFRS(Nepal Financial Reporting Standard) अन्तर्गत रही बैंकको गत ३ बर्षको वित्तीय विवरण तयार गर्ने विषयमा सम्झौता भएको हो । सम्झौताको क्रममा उक्त संस्थाले बैंकलाई यस सेवा सम्बन्धमा विभिन्न किसिमका तालिम तथा आवश्यक पर्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
बैंक-वित्त
मुक्तिनाथ विकास बैंक र SARA बीच वित्तीय विवरण तयार गर्ने सम्बन्धी सम्झौता
२०७५ जेष्ठ ९ गते