Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

गरिमा विकास बैंक र ज्योति विकास बैंकबीच सम्झौता

२०७५ जेष्ठ ८ गते

गरिमा विकास बैंक लिमिटेड र ज्योति विकास बैंक लिमिटेड बीच ज्योति विकास बैंकले गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । जेठ ७ गते सोमबार गरिमा विकास बैंकको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र ज्योति विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस सम्झौतापश्चात हाल देशभर रहेका ज्योति विकास बैंकका ५० वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भुक्तानी लिन तथा खातामा जम्मा गर्न सकिने भएको छ ।