Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैंकद्धारा विद्यार्थीहरुलाई सहयोग

२०७५ जेष्ठ ३ गते

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लि. को पुतलीसडक शाखाले रुद्रमती माध्यामिक विद्यालयका विद्यार्थीलाई सहयोग गरेको छ । बैंकले काठमाडौँको बानेश्वरस्थित उक्त विद्यालय लाई ३५ हजार रुपैयाँ बराबरको कापी, कलम, र ब्याग उपलब्ध गराएको हो ।

त्यस्तै, बैंकले वैशाख ३१ गते बैँकको सिमरा शाखाको आयोजनामा जितपुर सिमरा उपमहानगरपालिका वडा नं ०२ स्थित सिमरा कलेजको भवनमा महालक्ष्मी छात्रवृित्त वितरण कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा बैंकले सिमरा कलेजका गरिब तथा जेहेन्दार १ छात्र तथा १ छात्रा लाई यो शैक्षिक सत्रको लागि छात्रवृत्ति स्वरुप २५ हजार रुपैयाँ प्रदान गरेको बताइएको छ ।

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।