Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

हाम्रो विकास बैंकको बोनस पारित, कार्यक्षेत्र बढाउने निर्णय

२०७५ जेष्ठ २ गते

हाम्रो विकास बैंकको नवौँ बार्षिक साधारणसभा बैशाख ३१ गते नुवाकोट जिल्लाको बट्टारमा सम्पन्न भएको छ । उक्त साधारणसभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी संस्थापकतर्फ हरि प्रसाद, गंगालाल श्रेष्ठ र रामहरि शर्मा रिजाल गरी तीन जना तथा सर्वसाधारणतर्फ सुदिप थापा र राजिव कुमार कर्ण गरी दुई जना सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् । 

उक्त साधारणसभाले आ.व. २०७३/७४ को ७.३०% बोनश सेयर तथा कर प्रयोजनको लागि ०.३८३% नगद लाभांश पारित गरेको छ भने आफ्नो कार्यक्षेत्रलाई नुवाकोट बाहेक थप ४ जिल्ला (धादिङ्ग, चितवन, तनहुँ र कास्की) मा विस्तार गर्ने निर्णय समेत गरेको छ ।