Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालकोे नवौं केन्द्रीय परिषद् सम्पन्न

२०७५ जेष्ठ २ गते

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको नवौं केन्द्रीय परिषद् बैशाख ३१ देखि जेठ १ गतेसम्म भक्तपुरमा सम्पन्न भएको छ । संघका अध्यक्ष बेदबहादुर लावतीको अध्यक्षतामा सम्पन्न परिषद्को उद्घाटन पेसागत महासंघ नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेल गरेका थिए । उनले ट्रेड युनियन सम्बन्धी अधिकार संबैधानिक भएकाले सबैले यसको पालना गर्नुपर्ने र कसैले विनाकारण ट्रेड युनियन अधिकार माथि हस्तक्षेप गरेमा अन्तर्राष्ट्रिय अदालतसम्म वकालात गर्न सकिने बताए ।

पारिषद्मा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल (बिफु) का राष्ट्रिय अध्यक्ष नारायणप्रसाद सुवेदी, संघका पूर्व अध्यक्ष एवं सल्लाहकार शिवकुमार अधिकारी, विफुका महासचिव योगेन्द्रबहादुर सिंह, विफुका कोषध्यक्ष हेम कार्की, संघका पूर्व सल्लाहकार सुमित्रा विसी लगायतले शुभकानमना मन्तव्य राखेका थिए ।

नवौ केन्द्रीय परिषद्ले रिक्त रहेको विभिन्न पदमा पदपूर्ती समेत गरेको छ । रिक्त रहेको अध्यक्ष पदमा हेमराज सुवेदी, बरिष्ठ उपाध्यक्षमा रामप्रसाद जोशी, उपाध्यक्षहरुमा बद्रिप्रसाद तिमिल्सना र रोहित रेग्मी, महासचिवमा लक्ष्मीप्रसाद पाण्डेय, उपमहासचिवहरुमा लक्ष्मी ज्ञवाली र संगम पौडेल, सचिवहरुमा मिना मोक्तान, ईश्वर उप्रेती, लुज श्रेष्ठ र अनिता श्रेष्ठ, कोषध्यक्षमा रबिन्द्र चौलागांई, सह कोषाध्यक्षमा श्रवणकुमार सिंह र अन्य केन्द्रीय सदस्यहरुमा परिषद्ले पदपूर्ती गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल बैंक भित्रको सबैभन्दा जेठो र कर्मचारीहरुको हक हितको पक्षमा जोडदार रुपमा आवाज उठाउंदै आईरहेको क्रियाशिल ट्रेड युनियन हो ।