नेपाल राष्ट्र बैंकले विपभिन्न बैंक तथा वित्तिय संस्थाहरुलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ । राष्ट्रको बोर्ड बैठकले पाँच वटा सस्था मर्जका लागि अन्तिम स्वीकृति दिएको छ । जस अनुसार कैलाश विकास बैंकमा मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्स गाभ्न, रेसुंगा डेभलपमेन्ट बैंक र गौमुखी विकास बैंकबीच मर्जर हुन अन्तिम स्वीकृति दिएको छ । त्यसैगरी सनराइज बैंकलाई नारायणी नेशनल फाइनान्स खरीद गर्न पनि सहमति दिएको छ भने सिभिल बैंकमा इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स गाभ्ने स्वीकृति पनि दिएको छ ।