Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

जनता बैंकको रुपनी शाखाबाट कारोवार सुरु, गाउँपालिकाको कारोबार पनि गर्ने 

२०७५ जेष्ठ १ गते

जनता बैंक नेपाल लिमिटेडको रुपनी शाखाबाट सोमबारदेखि कारोबार सुरु भएको छ । सप्तरी जिल्ला रुपनी गाउँपालिका वडा नं. १ मा रहेको यस शाखा नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीय तहमा बैंक शाखा स्थापना गर्ने नीतिअनुसार खोलिएको हो । सप्तरी जिल्लाको ग्रामीण क्षेत्रका साविकका ६ गा.वि.स. समेटिएर बनेको रुपनी गाउँपालिकाको समेत कारोबार गर्ने यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ । साथै यस क्षेत्रका उद्यमी व्यवसायी तथा सर्वसाधारणहरुले यस शाखाबाट आधुनिक बैंकिङ सुबिधा िलई जिबनस्तर सहज बनाउने अपेक्षा बैंकले गरेको छ  ।

यससँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल ११० पुगेको छ । यसबाहेक बैंकले ३३ शाखारहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाई, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।