Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

श्री इन्भेष्टमेन्ट फाइनान्सको आठौं शाखा हर्कपुरमा

२०७५ बैशाख २८ गते

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कं. लिमिटेडले गैँडाकोट न.पा ११, हर्कपुरमा रहेको एक्स्टेन्सन काउन्टरलाई आफनो आठौं शाखाको रुपमा विहीवार एक औपचारिक कार्यक्रम गरी शाखा समुदघाटन गरेको छ । कार्यक्रमको अध्यक्षता कम्पनीका नायव कार्यकारी प्रमुख खिम बहादुर कार्कीले र प्रमुख आथित्यता गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले गरेका थिए ।

केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा रहेको यस फाइनान्सको हाल विराटनगर, हर्कपुर, रजहर, कावासोती डण्डा, भैरहवा, तौलिहवा तथा ओदारी, कपिलवस्तुमा गरि ८ वटा शाखा सञ्चालनमा रहेका छन् भने छिटै देशका विभिन्न पाँच स्थानमा शाखा विस्तारको क्रममा रहेको छ । 

कम्पनीको वर्तमान अवस्थाको बारेमा कम्पनीका नायव कार्यकारी प्रमुख खिम बहादुर कार्कीले प्रष्ट्याए । उक्त कार्यक्रममा प्रमुख अथिति छत्रराज पौडेल, प्रहरी नायव उपरिक्षक गगन श्रेष्ठले शाखाकोे सफलताको शुभकामना दिए । कम्पनीका अर्का नायव कार्यकारी प्रमुख अनिल जोशीको समेत उपस्थिति रहेको थियो । 

हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २१ लाख, निक्षेप ३ अर्व ४३ करोड तथा कर्जा लगानी ३ अर्व ३० करोड रहेको छ ।