Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

एनआईसी एशिया बैंकद्धारा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न

२०७५ बैशाख २३ गते

बैंकिङ खबर । बैंक पनि साथि पनि भन्ने मुल मन्त्रलिएर संचाललित एनआईसी एशिया बैंकको नयाँपुल शाखाले पर्वत जिल्लाको मोदी १ भुक देउराली क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सपोर्ट नेटवर्क फाउण्डेशन नेपाल, कुश्मा अस्पताल प्रा लि. तथा स्थानिय भुकदेउराली नमुनागाँउ युवा कलव संगको सहकार्यमा उक्त शिविर सम्पन्न गरिएको हो । 

शिविरमा भुक ताङ्गले, लप्सीवट झिल्ली वरेङ्ग क्षेत्रका २०३ जना महिला, पुरुष तथा बालबालिकाको निःशुल्क परिक्षण तथा औषधि वितरण सम्पन्न गरीएको एनआईसि एशिया नयाँपुल शाखाका निमित्त शाखा प्रवन्धक टंकनाथ लामिछानेले बताए ।

शिविरमा डा.हेमा छन्त्याल, डा दिनेश श्रेष्ठ तथा ल्याव टेक्नीसीयनसहित कुश्मा अस्पताल प्रालिका अन्य प्राविधिकहरुको सहभागिता रहेको थियो । उपचारको क्रममा धेरै उच्च रक्तचाप, हाड जोर्नि एवम् छाला सम्बन्धी समस्या देखिएको डा. छन्त्यालले बताए । 

ग्रामीण क्षेत्रमा रहेका जनतालाई स्वास्थ्यको  पहुँच पु्र्याउनका लागि कुश्मा अस्पताले प्रविधिक सहयोग गरेको अस्पतालका मेनेजिङ्ग डाइरेक्टर तेजेन्द्र अधिकारीले बताए । साथै आगामी दिनमा सबैको सहकार्यमा अन्य दुर्गम क्षेत्रमा समेत निःशुल्क शिविर संचालन गर्न अस्पताल तत्पर रहेको अधिकारले बताए ।

स्थानिय आयोजक संस्थाका अध्यक्ष टेक बहादुर गुरुङ्गको अध्यक्षता एवम् बैंकको क्षेत्रीय कार्यलयका अधिकृत सुन्दर मणि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भुक माद्यामिक विद्यालयका प्रधानाध्यापक वुद्धिमान गुरुङ्ग, वडा सदस्य धनमाया गुरुङ्ग, नमुना टोल सुधार समितीका सचिव चिज काजि गुरुङ्ग लगायतले शुभकामना मन्तब्य दिएका थिए । सोहिअवसरमा धौलागीरी आमा समुहका पदाधिकारीहरुले स्वागत तथा बैंक प्रति आभार प्रकट गरेका थिए ।

बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत समाजमा प्रत्यक्ष लाभ हुने खालका गतिविधिहरु संचालन गर्दै आईरहेको बैंकका क्षेत्रीय प्रबन्धक दिपेन्द्र शर्माले बताए । बैंकले मुलुकभर १९९ शाखा, १९८ एटिएम संजाल, ५ एक्सटेन्सन काउन्टर, ६ शाखारहित बैंकिङ्ग तथा पाँच हजारभन्दा बढि रेमिट्यान्स पेआउट एजेन्टहरु मार्फत जनतालाई सेवा गर्दै आएको शर्माको भनाई छ ।