सहयोगी विकास बैंक लिमिटेडले चालु अबको ९ महिनामा आफ्नो नाफालाई ७४ प्रतिशतले बृद्धि गरेको छ । संस्थागत सुशासन र वित्तीय अनुशासन पालनासँगै ग्राहकमूखि सेवा प्रदान गर्दै आएकाले बैंकले उक्त नाफा बृद्धि गर्न सफल भएको हो ।
यस अवधिमा बैंकले ७ करोड ६३ लाख ६६ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत त्रैयमासिकको सोही अवधिमा बैंकको नाफा ४ करोड ३६ लाख ७७ हजार रुपैयाँ थियो । त्यस्तै बैंकले यस अवधिमा १३ करोड ११ लाख ५६ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । गत सोही सोही त्रैमासिकको अवधिमा बैंकले ८ करोड ६६ लाख ५८ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
बैंकले दिएको जानकारी अनुसार ब्याजबाट ३५ करोड ६ लाख ३ हजार ५१ रुपैयाँ खुद आम्दानी गरेको छ । सोही त्रैयमासिकको अवधिमा गतबर्ष बैंकको खुद ब्याज आम्दानी २३ करोड ६४ लाख ४ हजार ८ सय रुपैयाँ थियो ।
नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन अनुसार असारभित्र स्प्रेड रेट ५ प्रतिशतमा ल्याउनुपर्ने प्रावधान अनुसार बैंकले हाल ६ प्रतिशतमा ल्याएको छ । सोही अवधिमा गतबर्ष स्प्रेड रेट ९ प्रतिशत रहेको देखिन्छ । यसले गर्दा गत बर्षको अबधिको तुलनामा भएको नाफा, खुद नाफालाई झण्डै ७ देखि ७.५० करोड सम्मको आर्जनमा फरक भएको देखिन्छ । तर यस अवधिको तुलना गर्दा जम्मा २.०० देखि २.५० करोड सम्मको मात्र फरक भएका कारण यस बैंकको उत्साहजनक प्रगति देखिन्छ । यस अबधिमा यस बैंकले एनपीएल १.३७ मा झार्न सफल भएको छ । गत त्रैमासिकमा एनपीएल २.५४ थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रिजालले यस अब २०७४/०७५ सम्म आफ्नो सबै आर्थिक सुचकांकहरुमा अझ सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । आब २०७५/०७६ सम्ममा बैंकले ठूलो फड्को मार्ने र सेयर मूल्यमा पनि राम्रो प्रतिफल दिने प्रतिबद्धता रिजालले व्यक्त गरे ।
बैंकको हालसम्मको चुक्ता सेयर पूँजी ५० करोड ९६ लाख रुपैयाँ रहेको छ । त्यसैगरी बैंकले हालसम्म रू. ३ अर्ब ४२ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकमा १० करोड ५३ लाख संचिति कोष रहेको छ ।
बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा विनय रिजाललाई नियुक्त गरेसँगै आफ्नो सेवालाई थप आधुनिक, सरल र प्रभावकारी बनाउदै लगेको छ । त्यसका लागि बैंकले कर्मचारीहरुलाई समेत समय सापेक्ष तालिम दिंइदै आएको छ । बैंकले कर्मचारीहरुलाई एएमएल, केवाईसी र बैंकिङ कसुर सम्बन्धि तालिम दिइसकेको छ ।
आफ्नै आधुनिक भवनबाट सेवा प्रदान गर्ने तयारीमा जुटेको यो बैंकले केही समय अघिमात्र मोवाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सेवा सुरुवात गरेको थियो । बैंकले निकट भविष्यमै एटीएम सेवा सुरु गर्ने तयारी गरिरहेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजालले ग्राहकहरुलाई सेवामा कुनै कन्जुस्याई नगर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा समेत बैंकले २१ औं शताव्दी समय सुहाउँदो थप सेवाहरु प्रदान गर्दै जानकारी दिए । ग्राहकलाई वित्तीय सेवाबाट पूर्ण सन्तुष्टि प्रदान गर्ने उनले बताए । ‘बैंकको कार्यक्षेत्र रेहको स्थामा सहयोगी विकास बैंकलाई ‘निर्विकल्प’ बैंकको रुपमा स्थापित गरिनेछ ।’ प्रमुख कार्यकारी अधिकृत रिजालले भने– ‘त्यसको लागि व्यवस्थापन पक्ष योजनाबद्ध र रणनीतिक ढंगले लागिरहेको छ ।’
बैंकलाई थप मजबुद बनाउँदै सेवालाई पनि थप गर्दै लगिने उनले बताए । निक्षेपको ग्यारेन्टी, ग्राहकको आर्थिक, सामाजिक र सांस्कृति उन्नतीका साथै लगानीकर्तालाई उचित प्रतिफलमा बैंकले जोड दिंदै आएको प्रमुख कार्यकारी अधिकृत रिजालले बताए ।
जनकपुरमा मूख्य कार्यालय रहेको बैंकले विभिन्न ८ स्थानमा शाखा विस्तार गरी आफ्ना ग्राहकहरुलाई आधुनिक, छरितो, भरपर्दो र स्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । बैंकले चाँडैनै ४ वटा शाखा विस्तार गर्न लागेको जानकारी दिएको छ । तीन जिल्ले कार्यक्षेत्र रहेको यो बैंक नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ख’ बर्गको वित्तीय संस्था हो । आफ्नो कार्यक्षेत्र रहेको स्थानीयस्तरमा यो बैंक अन्य वाणिज्य बैंकभन्दा लोकप्रिय बैंकको रुपमा स्थापित छ ।


