Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

नेपाल बंगलादेश बैंकले कमायो ७१ करोड मुनाफा

२०७५ बैशाख १४ गते

बैंकिङ खबर । नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७१ करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ दशमलव १७ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एनबिले ८२ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

आठ अर्ब आठ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा तीन अर्ब छ करोड ३३ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ४२ अर्ब ३६ करोड ३२ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ४२ अर्ब सात करोड ५६ लाख रुपैयाँ लगानी गरेकोे छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ३८ अर्ब  रुपैयाँ निक्षेप संकलन गरी  ३७ अर्ब रुपैयाँ कर्जा लगानी गरेके थियो ।

बैंकको खुद व्याज आम्दानी १४ दशमलव ६० प्रतिशतले बढेर एक अर्ब २४ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १० दशमलव ५९ प्रतिशतले घटेर ९८ करोड ७६ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा नौ करोड ९६ लाख ६७ हजार रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ३८ करोड ५३ लाख ४६ ह जार रुपैयाँ राखेको छ ।
  
बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) १२ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात (वार्षिक) २० गुणा, प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ, तरलता अनुपात २८ दशमलव १५ प्रतिशत, जोखिमयुक्त सम्पति १४ दशमलव १५ प्रतिशत र निष्कृय कर्जा एक दशमलव ७७ प्रतिशत रहेको छ ।