बैंकिङ खबर । हाथवे फाइनान्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ७७ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक करोड ६६ लाख रुपैयाँ बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा हाथवेले १० लाख ७१ हजार रुपैयाँ मात्रै खुद मुनाफा आर्जन गरेको थियो ।
३० करोड रुपैयाँ चुक्तापुँजी भएको फाइनान्सको जगेडाकोष ११ करोड ८३ लाख ५७ हजार रुपैयाँ नेगेटिभमा रहेको छ । निक्षेपमा १३ करोड ७१ लाख रुपैयाँ संकलन गरेको फाइनान्सले कर्जामा २२ करोड ८१ लाख ८८ हजार रुपैयाँ लगानी गरेको छ ।
फाइनान्सको खुद व्याज आम्दानी तीन करोड रुपैयाँ बढेर तीन करोड १६ लाख ३४ हजार रुपैयाँ पुगेको छ भने संचालन एक करोड ५९ लाख रुपैयाँ घाटामा रहेको छ । यो अवधिमा तीन करोड ५५ लाख रुपैयाँ खराब कर्जा उठाएको फाइनान्सले प्रोभिजनमा १६ लाख ३९ हजार रुपैयाँ राखेको छ ।
फाइनान्सको निष्कृय कर्जा ८.३९ प्रतिशत, जोखिमयुक्त सम्पत्ति ३४.०८ प्रतिशत र सीडी रेसियो ७६.९९ प्रतिशत रहेको छ ।

