Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

बैंक अफ काठमाण्डूको नाफा ९३ करोड पुग्यो

२०७५ बैशाख १३ गते

बैंकिङ खबर । बैंक अफ काठमाण्डू लिमिटेडले चालु आर्थिका वर्षको तेस्रो त्रैमासमा ९३ करोड पाँच लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव ९४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंक अफ काठमाण्डूले ८८ करोड ६७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

सात अर्ब सात करोड २८ लाख रुपैयाँ रहेको बैंकको जगेडाकोषमा चार अर्ब ४४ करोड ५ लाख रुपैयाँ रहेको छ । निक्षेपमा ७३ अर्ब ९० करोड ३३ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ६७ अर्ब २५ करोड २७ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी छ दशमलव ४५ प्रतिशतले बढेर दुई अर्ब छ करोड २७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा चार प्रतिशतले बढेर एक अर्ब ३१ करोड चार लाख रुपैयाँ पुगेको छ । यो अवधिमा १० करोड ३२ लाख ६६ हजार रुपैयाँ राइट ब्याक गरेको बैंकले प्रोभिजनमा २८ करोड ३५ लाख २५ हजार रुपैयाँ राखेको छ । 

बैंकको निष्कृय कर्जा एक दशमलव ८२ प्रतिशत, पूँजीकोष १५ दशमलव ०२ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १७ दशमलव ५४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १९ दशमलव ०४ गुणा, प्रतिसेयर नेटवर्थ १६२ दशमलव ७५ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ४९ प्रतिशत रहेको छ ।