Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

प्रभु बैंक लिमिटेडद्धारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण 

२०७५ बैशाख १३ गते

प्रभु बैंक लिमिटेडले आप्mनो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागहरुमा विभिन्न सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिँदै आईरहेको छ । बैंकले भुकम्प पिडीतहरुलाई राहत सामाग्री वितरण, अनाथ र अपाङ्ग विद्यार्थीहरुलाई छात्रवृत्ती, निःशुल्क स्वास्थ्य जाँच, आँखा शिविर, बागमती नदी सरसफाई, वृक्षारोपण लगायतका सामाजिक क्रियाकलापहरुमा प्रत्यक्ष सहभागिता जनाउँदै आएको छ । 

यसै क्रममा बुधबार प्रभु बैंकले एक कार्यक्रमका बीच काभ्रेपलाञ्चोक जिल्लाको बनेपा स्थित श्री चण्डेश्वरी उच्च माध्यमिक विद्यालयलाई बैंकको तर्फबाट ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ । काठमाडाँको बबरमहल स्थित प्रभु बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठ मार्फत् ५ थान कम्प्युटरहरु श्री चण्डेश्वरी उच्च माध्यमिक विद्यालायलाई हस्तान्तरण गरेका हुन् ।

उक्त कम्प्युटर हस्तान्तरण पश्चात् चण्डेश्वरी उच्च माध्यमिक विद्यालयलाई कम्प्युटर प्रणाली मार्फत् दैनिक प्रशासनिक क्रियाकलापमा सहयोग पुग्नुका साथै विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थीहरु तथा समग्र विद्यालय परिवारलाई सुचना तथा प्रविधिसँग साक्षात्कार गर्न थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।