बैंकिङ खबर । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ४१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ दशमलव ३० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएमबिले एक अर्ब १४ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
छ अर्ब ४६ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी भएको एनएमबि बैंकले जगेडाकोषमा पाँच अर्ब ६३ करोड ५४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १९ दशमलव ८८ प्रतिशत वृद्धि गरी ८५ अर्ब २९ करोड ६२ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा २२ दशमलव ८६ प्रतिशत वृद्धि गरी ७४ अर्ब एक करोड ३७ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी १३ दशमलव २८ प्रतिशतले बढेर दुई अर्ब १० करोड ३२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४४ दशमलव ५२ प्रतिशतले बढेर एक अर्ब ६९ करोड रुपैयाँ पुगे्को छ । यो अवधिमा ३४ करोड ९६ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा १५ करोड ७८ लाख रुपैयाँ राखेको छ ।
बैंकको निष्कृय कर्जा एक दशमलव १० प्रतिशत, जोखिमयुक्त सम्पत्ति १२ दशमलव ९३ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक २९ दशमलव ०९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १५ दशमलव २९ गुणा, तरलता अनुपात २५ दशमलव ३६ प्रतिशत र प्रतिशेयर नेटवर्थ एक सय ८७ दशमलव २१ रुपैयाँ रहेको छ ।

