Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

ओम डेभलपमेन्ट बैंकको मुनाफा २६ करोड ६२ लाख

२०७५ बैशाख १२ गते

बैंकिङ खबर । ओम डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २६ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव २१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ओमले २६ करोड ५७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

दुई अर्ब ५१ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ६७ करोड ९० लाख रुपैयाँ राखेको छ । निक्षेपमा १९ अर्ब १४ करोड ७१ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १७ अर्ब १० करोड ६० लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी एक दशमलव ३१ प्रतिशतले बढेर ५३ करोड ९६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा एक प्रतिशतले बढेर ४० करोड ४३ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा चार करोड ७० लाख ९९ हजार रुपैयाँ राखेको छ ।

चैत्र मसान्तसम्ममा ओम डेभलपमेन्ट बैंकको निष्कृय कर्जा शुन्य दशमलव ८२ प्रतिशत, पुँजीकोष १७ दशमलव ०१ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १४ दशमलव १२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १२ दशमलव ९६ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २७ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ४८ प्रतिशत रहेको छ ।