Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

गरिमा विकास बैंकले कमायो २८ करोड मुनाफा

२०७५ बैशाख १२ गते

बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ करोड १५ लाख रुपैयाँ खुद मुनाफा  आर्जन गरेको छ । बैंकले गत  आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव २८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २४ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

दुई अर्ब ५३ करोड ४८ लाख रुपैयाँ चुक्ता पुँजी भएको गरिमा बैंकले जगेडाकोषमा ५७ करोड ९ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १८ अर्ब ६३ करोड ९६ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १७ अर्ब १० करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी २८ दशमलव ७२ प्रतिशतले बढेर ६९ करोड ९६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १२ दशमलव ६६ प्रतिशतले बढेर ४३ करोड ६९ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा २५ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा  १० करोड ३५ लाख ९७  हजार रुपैयाँ राखेको छ ।

चैत्र मसान्तसम्मा बैंकको निष्कृय कर्जा शुन्य दशमलव ७८ प्रतिशत, पूँजीकोषको अनुपात २० दशमलव ५० प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १४ दशमलव ८१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव २२ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २२ दशमलव ५२ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ९० प्रतिशत रहेको छ ।