Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

लक्ष्मी बैंकको मुनाफा ८० करोड नाघ्यो

२०७५ बैशाख १२ गते

बैंकिङ खबर । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा लक्ष्मी बैंकले ८० करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ दशमलव शुन्य चार प्रतिशत बढी नाफा कमाएका  हुन् । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा लक्ष्मीले ६४ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब २२ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकको जगेडाकोषमा दुई अर्ब १६ करोड रुपैयाँ रहेको छ । निक्षेपमा नौ दशमलव ४६ प्रतिशतले वृद्धि गरी ६३ अर्ब २६ करोड रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ करिव १४ प्रतिशतले बढेर ५८ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी एक अर्ब १७ करोड रुपैयाँबाट बढेर एक अर्ब ५४ करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ७३ करोड ६३ लाख रुपैयाँबाट बढेर एक अर्ब १० करोड रुपैयाँ पुगेको छ । यो अवधिमा चार करोड ३८ लाख सात हजार रुपैयाँ मात्रै राइट ब्याक गरेको बैंकले जोखिम व्यवस्थापन कोषमा २३ करोड रुपैयाँ छुट्याएको छ ।

बैंकको प्रतिशेयर आम्दानी झन्डै ४५ प्रतिशत भन्दा बढीले घटेर १३ रुपैयाँ ६४ पैसा कायम भएको भने निष्कृय कर्जा शुन्य दशमलव ६३ प्रतिशतले घटेर एक दशमलव १६ प्रतिशत कायम भएको छ । त्यस्तै, बैंकको जोखिमयुक्त सम्पत्ति १२.९७ प्रतिशत, तरलता अनुपात १७.२३ प्रतिशत, प्रतिसेयर नेटवर्थ एक सय २६ रुपैयाँ ३८ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य दुई सय ४५ रुपैयाँ रहेको छ ।