बैंकिङ खबर । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ६१ करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव ९९ प्रतिशत मात्रै बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा हिमालयनले एक अर्ब ५३ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब ११ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा पाँच अर्ब २० करोड २४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ९६ अर्ब ३२ करोड ४१ लाख रुपैयाँको संकलन गरेको बैंकले कर्जा ८५ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी पाँच प्रतिशतले बढेर दुई अर्ब ९१ करोड पाँच लाख ८४ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ११ दशमलव ३० प्रतिशतले घटेर दुई अर्ब १२ करोड ६३ लाख ६० ह जार रुपैयाँ पुगेको छ । यो अवधिमा २७ करोड २२ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा ३५ करोड ९१ लाख रुपैयाँ राखेको छ
बैंकको प्रतिसेयर आम्दानी २५ दशमलव ८१ रुपैयाँ, मूल्य आम्दानी २३ दशमलव ६३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ६३ दशमलव ६१ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ८५ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा एक दशमलव १९ प्रतिशत, जोखिमयुक्त सम्पति १२ दशमलव ४४ प्रतिशत, सिडि रेसियो ७८ दशमलव ७४ प्रतिशत रहेको छ ।

