Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

एक सय दिनभित्र सबै टिभी प्रशारण डिजिटल हुँदै

admin २०७५ बैशाख ११ गते
सेयर:

बैंकिङ खबर । अबको एक सय दिनभित्र एनालग केबल टिभी प्रशारण बन्द हुने भएको छ । सञ्चार तथा सुचना प्रविधी राज्यमन्त्री गोकुल बाँस्कोटाद्धारा सार्वजनिक मन्त्रालयको १ सय दिनभित्र गर्ने कार्यसुचिमा एनलग प्रविधीलाई असाढ मसान्तभित्रै देशभर डिजिटल प्रसारणको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

मन्त्रालयले दुर सञ्चार ऐन २०५३ को परिमार्जन, हुलाक बचत बैंकको विस्तार लगायत विभिन्न २१ बुँदे कार्यसुचिमा टेलिभिजन प्रसारणलाई डिजिटल प्रणालीमा रुपान्तरण गरि देशभरबाटै एनालग प्रणाली बन्द गर्ने कामलाई प्राथामिकतामा राखेको छ ।

सुरुमा काठमाडौँमा एनालग प्रविधिलाई स्वीच अफ गरी पूर्ण रुपमा डिजिटल बनाउने र क्रमशः पोखरा, विराटनगर लगायतका सहरहरुमा डिजिटलाइजेसन गर्ने सरकारको योजना छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।